• २७ भदौ २०८३, शनिबार
  • १२ः०७ दिउँसो

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

प्रकाशित मिति

२०८३ भाद्र २७ गते, शनिबार ११:४९

२७ भदौ २०८३ काठमाडौं — भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा सम्बन्धित अन्य विषयमा अध्ययन गर्नेछ। समितिले १५ दिनभित्र आवश्यक राय–सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ।

National Life

समितिमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ–संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी सदस्य रहेका छन्।

यसैगरी, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति पनि गठन गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा गठित उक्त समितिले भविष्यमा आउन सक्ने सम्भावित समस्या समाधान तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे अध्ययन गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त समितिले ४५ दिनभित्र राय–सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउने जनाएको छ।

प्रतिकृया