• १८ भदौ २०८३, बिहीबार
  • ९ः३२ बिहान

कृष्णभीरमा पुनः ठूलो पहिरो  पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार ०९:२७

१८ भदौ २०८३ काठमाडौं — त्रिशूली नदीले जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध भएको छ। पहिरोका कारण राजधानीबाट चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन्।

कृष्णभीरमा यसअघि पनि पटक–पटक पहिरो खस्ने गरेको थियो। २०६० सालमा पहिरो नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको आयु सकिएपछि अहिले पुनः ठूलो पहिरो खसेको हो।

Kamana Sewa

पहिरो खसेको स्थानमा तत्काल सडक सञ्चालन गर्न कठिन देखिएपछि दीर्घकालीन समाधानका लागि वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने सुझावसमेत आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भने भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने दाबी गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया