• १४ भदौ २०८३, सोमबार
  • १:११ बेलुका

प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०१:०६

१५ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापनका गतिविधिबारे जानकारी लिएका हुन्।

Kamana Sewa

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आजै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छुट्टाछुट्टै ब्रिफिङ लिने कार्यसूची रहेको छ।

Classic Tech Desktop

रसुवामा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको उद्धार, राहत वितरण तथा आगामी व्यवस्थापनका विषयमा सुरक्षा निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिकृया