• १४ भदौ २०८३, सोमबार
  • १२:४२ बेलुका

गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार १२:०४

१५ भदौ २०८३  गोरखा- गोरखाको चुमनुव्री गाउँपालिका–छेकम्पार क्षेत्रमा पहिरो गए पनि बूढीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार करिब ३ हजार ५०० मिटरको उचाइमा रहेको छेकम्पार क्षेत्रमा पहिरो गएको हो। तर पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको भन्ने जानकारी सत्य नभएको उनले बताए।

Kamana Sewa

‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन,’ शर्माले भने।

Classic Tech Desktop

पहिरोबारे थप जानकारी लिने काम भइरहेको प्रशासनले जनाएको छ।

यसअघि छेकम्पारको चौरीखर्क क्षेत्रमा ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी नदी थुनिएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो।

यता, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने पहिरोका कारण केही समय नदी थुनिएको भए पनि अहिले पानी पुनः बग्न थालेको जानकारी दिएका छन्। उनका अनुसार छेकम्पारस्थित चौरीखर्कमा पहिरो जाँदा बूढीगण्डकीको सहायक नदी स्यार खोला केही समय थुनिएको थियो।

प्रतिकृया