बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
प्रकाशित मिति
२०८३ भाद्र ५ गते, शुक्रबार ०८:०७
५ भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन्। उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
बागमतीमा बनेको नयाँ सत्ता समीकरणअनुसार एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा भदौ ४ गते बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया