• २ भदौ २०८३, बुधबार
  • ६:१७ बेलुका

शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ०२:५४

३ भदौ २०८३ काठमाडौं – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्। अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन्।

यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान ६० मिटर रेसमा बनाएका थिए। यो कीर्तिमान वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अनुबन्ध गरिएको छ, साथै, मिति अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेण्डको रेकर्डलाई तोड्दै २१.६६ सेकेण्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्।

Kamana Sewa

आफ्नै रेकर्ड आफैं तोड्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। खेलाडीहरूले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो।

Classic Tech Desktop

राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनको सन् २०२३ देखिनै बनेको थियो। खेल बुझ्दै जाँदा उनले आफैं अवसरहरू खोजेर, वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरूमा सहभागी भई यो कीर्तिमान बनाएका हुन्।

आयुष कुँवरलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो।

Ncell
उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सधैं साथमा रहेको कम्पनीको भनाइ छ।

उनलाई आवश्यक परेका बेला हवाई टिकट, पोशाक तथा आवश्यक सहयोग गर्दै आइरहेको छ।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन्।

चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत चुनौतीहरूका बाबजुद उनले निरन्तर प्रशिक्षण र अथक मेहनतमार्फत यो सफलता हासिल गरेका हुन्।

प्रतिकृया