• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

करदाता बम्पर पुरस्कार : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले पाए १० लाख

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०५:५०

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक बम्पर पुरस्कार घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।

National Life

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

विभागले पुरस्कार कार्यक्रम सुरु भएको पहिलो महिनामै सहभागी उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि अपलोड भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि साउनको पहिलो १५ दिनमा भने पुरस्कारका लागि ७ हजार ७७ वटा मात्रै कारोबारका बिल दर्ता भएका थिए । दोस्रो पाक्षिक अवधिमा बिल अपलोड गर्ने उपभोक्ताको संख्या उल्लेख्य बढेको विभागले जनाएको छ ।

प्रतिकृया