करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै
प्रकाशित मिति
२०८३ भाद्र १ गते, सोमबार ०३:२८
१ भदौ २०८३ काठमाडौं – करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार विजेता आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत विजेता घोषणा गर्नेछ।
साउन १६ देखि ३१ गतेसम्म नियमअनुसार कारोबार गर्ने उपभोक्ता पुरस्कारमा सहभागी भएका छन्। उक्त अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता भएका छन्।

यस्तै, क्यूआर कारोबारबाट स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन्।

आज १७ जना विजेता छनोट हुनेछन्। उनीहरूमध्ये प्रत्येकले कर कटाएर १ लाख रुपैयाँ पाउनेछन्। यस्तै, सबै कारोबारबाट एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गरिनेछ, जसमा २५ प्रतिशत कर लाग्नेछ।




प्रतिकृया