• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता लियो

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०२:३१

१ भदौ २०८३ काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम फिर्ता लिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलन अन्त्य गर्ने निर्णय गरेको हो।

National Life

मन्त्रालयका मन्त्री तथा सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा संघले उठाएका १५ बुँदे मागबारे विस्तृत छलफल भएको थियो। मन्त्रालयले संघका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने जनाएको छ। वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन कानुनी संशोधन प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।

यस्तै, व्यवसायीले आफ्ना माग तथा समस्यासम्बन्धी आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्ने र त्यहाँबाट समस्या समाधान नभए कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने जानकारी मन्त्रालयले दिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेका अनुसार संघका माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएपछि व्यवसायी संघले आजैदेखि आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया