• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

विश्व अंगदान दिवस भव्य रुपमा मनाइयो

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार १२:१७

१ भदौ २०८३ काठमाडौं – जिवित दाता र मस्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण सम्बन्धि जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज भक्तपुर जिल्लाका माननीय सांसदहरु रुकेश रञ्जित, राजिव खत्री, र गंगा लक्ष्मी अवालको बिशेष आतिथ्यतामा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा एक कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस भव्यताका साथ मनाएको छ ।

National Life

हाम्रो जस्तो विकाशिल मुलुकमा जिवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ । यदि मस्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनका साथै जिवित व्यक्तिबाट अंग झिक्न नपर्दा उसको स्वस्थ्यमा आउन सक्ने समस्या नरहने कुरा केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले बताउनु भयो । साथै यस केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारको लागि उपयुक्त स्थानमा आवश्यक जग्गा तथा भवनको आवश्यकता रहेको कुरा लाई अनुरोध समेत गर्नुभयो ।
विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक छ । नेपालमा मृगौला फेल भएर धेरे जना समस्यामा पर्ने गरेको उनीहरु मध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको कुरा केन्द्रका प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठले बताउनु भयो साथै अंगदान सम्बन्धि जनचेतना विस्तारमा यस्ता जनचेतनामूलक कार्यक्रमले अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नु हुँदै केन्द्रको भौतिक पूर्वाधार विकास र कर्मचारीको बृत्ति विकासमा समेत ध्यान दिन सम्बन्धित पक्षहरुमा माग गर्नु भयो ।

विश्व अंगदान दिवसको अवसर पारेर भक्तपुर जिल्लाका संसद रुकेश रञ्जित र राजीव खत्री साथै पूर्व संविधान सभा सदस्य विन्दा पाण्डे लगायत ९ जनाले मृत्यु पश्चात अंगदान गर्ने घोषणा गर्नु भयो । हाल सम्म मस्तिष्क मृत्यु पश्चात अंगदान गर्न मञ्जुरी दिनेको संख्या २७९९रहेको छ ।
सोही कार्यक्रममा मष्तिष्क मृत्यु पश्चात अंगदान गर्ने परिवारका सदस्यहरु र अंगदान गर्ने अस्पतालाई विशेष सम्मान समेत गरिएको थियो ।
विश्व अंगदान दिवसलाई सम्बोधन गर्नु हुँदै भक्तपुर जिल्लाका संसद राजीव खत्री, रुकेश रञ्जित र गंगा लक्ष्मी अवालले अंगदान सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने र अंगदानको क्षेत्रमा नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक पर्ने सबै सहयोग गर्ने र केन्द्रको लागि भवनको व्यवस्थापनको लागि प्रतिवद्द रहेको कुरा बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया