• २६ साउन २०८३, मंगलबार
  • ११:०६ बिहान

मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री दबाबमा

प्रकाशित मिति

२०८३ श्रावण २६ गते, मंगलवार ०९:३१

२६ साउन २०८३ काठमाडौं – नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही आलोचनामा परेका छन्।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सरकार विस्तार रोकिएको हो। एमालेले सात सदस्यीय मन्त्रिपरिषद्मा चार मन्त्रालय दाबी गरेको छ भने नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय दिने प्रस्ताव गरेको छ।

Kamana Sewa

मुख्यमन्त्री शाहीले केन्द्रसँग समन्वय गरेरै सरकार विस्तार गर्नुपर्ने भएकाले ढिलाइ भएको बताएका छन्। तर, एमालेले प्रदेशमै छलफल गरेर समस्या समाधान गर्नुपर्ने भन्दै मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

Classic Tech Desktop

एमाले सांसद विनोदकुमार शाहले चालु आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्को बैठक बस्न नसक्नु गम्भीर विषय भएको बताएका छन्। नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले भने मन्त्रालय बाँडफाँटको विषय केन्द्रबाटै टुंगो लाग्ने बताएका छन्।

प्रतिकृया