• ३ असोज २०८३, शनिबार
  • ४ः३४ बेलुका

लपी ग्यास उद्योग संघको आग्रह: नआत्तिनुस्, ग्यास आपूर्ति क्रमशः सहज हुँदैछ

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०१:२१

१९ साउन २०८३ काठमाडौं – एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको एलपी ग्यासको अभाव र त्यसबाट उपभोक्ताले भोग्नुपरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले मंगलबार अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा आत्तिएर ग्यास सञ्चित नगर्न आग्रह गरेको हो।

National Life

संघका अनुसार विगतमा तेस्रो मुलुकमा उत्पन्न अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र वितरण गरिएको थियो। तर अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएपछि आयात नियमित भएको र पुनः १४.२ केजीको पूरा सिलिण्डर नै बजारमा पठाउन थालिएको जनाएको छ।

संघले पछिल्लो चार महिनामा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएकाले बजारमा आपूर्तिमा दबाब परेको जनाएको छ। यही कारण ग्यास नपाइने डरले धेरै उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्दा बजारमा थप चाप सिर्जना भएको संघको विश्लेषण छ।

Classic Tech Mobile
Classic Tech Desktop

संघले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। साथै, ग्यास बिक्रेतालाई आवश्यक पर्ने उपभोक्तालाई प्राथमिकताका आधारमा पारदर्शी ढंगले वितरण गर्न र उद्योगीलाई बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न निर्देशन दिइएको जनाएको छ।

बजार पूर्ण रूपमा सहज नहुन्जेल नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयातको व्यवस्था गर्नुपर्ने माग पनि संघले गरेको छ।

प्रतिकृया