सरकारी निकायमा नयाँ करार नियुक्ति रोक
प्रकाशित मिति
२०८३ श्रावण १ गते, शुक्रबार १२:०६
१ साउन २०८३ काठमाडौं – सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।
परिपत्रअनुसार नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा अब नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन। कर्मचारी आवश्यक परेमा ‘पुल’मा रहेका करारका कर्मचारीलाई सङ्घीय मामिला मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरेर काममा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, एकीकरण वा खारेजीको प्रक्रियामा रहेका सरकारी निकायमा सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति भने हाल कार्यरत करार कर्मचारीहरूमध्येबाटै व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ।

Related
Recent News
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
- नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकको उछाल
- नेशनल लाइफको नयाँ व्यापारमा कीर्तिमान, पहिलोपटक ७ अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन
- नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्यद्वारा पदभार ग्रहण
- टेलिकम र मौसम विज्ञान विभाग मिलेर जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गरिने
- यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित एजेन्डा पारित
- महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
- हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख सहयोग
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया