• १९ असार २०८३, शुक्रबार
  • २:२९ बिहान

दैलेखमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०२:११

१८ असार २०८३ काठमाडौं – दैलेखमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। अन्य यात्रुको अवस्था भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब साढे ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। गाडीमा कति जना सवार थिए भन्ने विवरण हालसम्म खुल्न नसकेको र अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए।

Kamana Sewa

दुर्घटनाको सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित ३५ जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। प्रहरीले दुर्घटनाको कारण र क्षतिको विवरण संकलन गरिरहेको छ।

प्रतिकृया