• १४ असार २०८३, आइतबार
  • ४:१७ बेलुका

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

प्रकाशित मिति

२०८३ असार १३ गते, शनिबार १०:४९

१३ असार २०८३  भक्तपुर । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोरा २४ वर्षीय किरण चौधरीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे किरणले आफ्नी आमामाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Kamana Sewa

घटनालगत्तै प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले किरण चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया