• १६ असोज २०८३, शुक्रबार
  • १ः२६ राती

वर्षापछि जलमग्न बन्यो रास्वपाको महाधिवेशन स्थल, पानी निकाल्ने काम जारी

प्रकाशित मिति

२०८३ असार ७ गते, आईतवार ११:१४

७ असार २०८३  चितवन – गएराति परेको अविरल वर्षाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन स्थल जलमग्न भएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा पानी जम्दा महाधिवेशनको तयारी प्रभावित बनेको छ। स्थलमा जमेको पानी मोटरको सहायताले निकाल्ने कार्य तीव्र रूपमा भइरहेको र महाधिवेशन निर्धारित समयमै सञ्चालन गर्ने तयारी जारी रहेको रास्वपाले जनाएको छ।

National Life

यसैबीच, गृहमन्त्री सुधन गुरुङले महाधिवेशन स्थलको अनुगमन गर्दै व्यवस्थापन तथा पानी निकासको अवस्थाबारे जानकारी लिएका छन्। आजदेखि सुरु हुने रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह ले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र सफल बनाउन आवश्यक अधिकांश व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। देशभरबाट आएका हजारौं प्रतिनिधिको सहभागितामा हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया