• ५ असोज २०८३, सोमबार
  • ११ः०० राती

सुनको मूल्यमा फेरि उछाल, एकै दिन तोलामा ५ हजार ३०० रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:२५

२९ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। एकै दिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्दै सुनको मूल्य पुनः २ लाख ९२ हजार रुपैयाँ पुगेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १९० रुपैयाँले वृद्धि भएर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। केही दिनअघिसम्म घट्दो क्रममा रहेको सुनको मूल्य आज भने उल्लेख्य रूपमा उकालो लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया