• २८ जेठ २०८३, बिहीबार
  • १:२८ बिहान

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०२:२३

२७ जेठ २०८३ काठमाडौं – सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त भएका व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। आयोगले जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आह्वान गरेको थियो। प्रारम्भिक सूचनाअनुसार जेठ मसान्तभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था थियो।

तर निर्धारित म्याद सकिन तीन दिन बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण पेश गरेपछि आयोगले म्याद थप गर्ने निर्णय गरेको जनाएको छ।

Kamana Sewa

आयोगका अनुसार सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिले आफैं, प्रतिनिधिमार्फत, हुलाक सेवा वा आयोगको इमेलमार्फत सम्पत्ति विवरण तथा सम्बन्धित उजुरी बुझाउन सक्नेछन्।

Classic Tech Desktop

साथै आयोगले २०४८ सालदेखि २०८३ सालसम्म कुनै पनि समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको जानकारी भए उजुरीमार्फत छानबिन प्रक्रियामा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

आयोगले सम्पत्ति विवरण संकलन र उजुरीका आधारमा सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति तथा आयस्रोतको छानबिनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिकृया