• ५ असोज २०८३, सोमबार
  • १०ः४१ बिहान

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:२७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ ।

National Life

दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरेका हुन् । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो ।

दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार हो । विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूका लागि यस्ता सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने लक्ष्य सर्वोदय परियोजनाका सौगात वाग्लेले व्यक्त गरेका छन् ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकले यस्ता कार्यक्रमहरुमार्फत आत्मविश्वास र सामाजिक समावेशितामा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिकृया