• १० असोज २०८३, शनिबार
  • १ः०१ दिउँसो

कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०४:११

२१ जेठ २०८३ काठमाडौं – नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता डिजिटल रूपमा अद्यावधिक गरेका छन्। पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नवीकरण गरेका सदस्यहरूलाई डिजिटल अद्यावधिक गर्न समय दिएको छ।

National Life

समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइली का अनुसार समाचार तयार पार्दासम्म ३ लाख ७५ हजार सदस्यले अद्यावधिक प्रक्रिया पूरा गरेका छन्। साँझसम्म यो संख्या ४ लाख पुग्न सक्ने समितिको अनुमान रहेको उनले बताए।

कांग्रेसको १४औँ महाधिवेशनका बेला ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेकामा अहिले अद्यावधिक गर्ने सदस्यको संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ। रसाइलीका अनुसार अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षकलगायत करिब २ लाख सदस्य थिए, जसको संख्या अहिले घटेको छ। सरकारले सरकारी कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि सदस्य संख्या घट्नु स्वाभाविक भएको उनको भनाइ छ। तर त्यसबाहेक पनि ठूलो संख्यामा सदस्यहरूले अद्यावधिक नगरेको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र आन्तरिक विवाद जारी छ। विशेष महाधिवेशनले गगन थापा को नेतृत्वमा नयाँ समिति गठन गरेको थियो। सोही समितिले १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यलाई समेत डिजिटल रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।

यद्यपि, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियामा सहभागी नहुने अडान लिँदै आएको बताइएको छ। विशेष महाधिवेशनअघि नै ४ लाख ५० हजार सदस्यले क्रियाशील सदस्यता नवीकरण गरिसकेका थिए। तर हालसम्म डिजिटल अद्यावधिक गर्ने सदस्यको संख्या ३ लाख ७५ हजार मात्रै पुगेको समितिले जनाएको छ।

प्रतिकृया