• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

आईपीओ जारी गर्ने तयारीमा अल नेपाल इन्फ्रास्ट्रक्चर

प्रकाशित मिति

२०८३ जेष्ठ १७ गते, आईतवार १२:५०

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको वार्षिक साधारणसभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ। साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि रहेको छ।

Kamana Sewa

त्यसैगरी नियामक निकायबाट प्राप्त निर्देशन तथा सुझावअनुसार प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित संशोधनहरूमा आवश्यक परिमार्जन, थपघट वा सुधार गर्नुपर्ने अवस्था आएमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

कम्पनीले साधारणसभामार्फत आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिकृया