• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

शेयर बजारमा सामान्य गिरावट, नेप्से २७२४ बिन्दुमा कायम

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ०३:२०

५ जेठ २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.५१ अंकले घट्दै २७२४.३९ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबार भएका उपसमूहमध्ये ९ वटा उपसूचक राताम्य बनेका छन् । यसदिन वाणिज्य बैंक समूह ०.१० प्रतिशत, होटल तथा पर्यटन समूह ०.५६ प्रतिशत तथा हाइड्रोपावर समूह ०.५० प्रतिशतले घटेको छ ।

Kamana Sewa

प्रतिकृया