• ५ असोज २०८३, सोमबार
  • १०ः०४ बिहान

नेपाल राष्ट्र बैंकद्वारा १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार १२:४४

२७ चैत,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बजारमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।

National Life

नयाँ सरकार गठन भएको करिब दुई साता बितिसक्दा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको र बजारमा तरलता उच्च नै रहेको राष्ट्र बैंकले जनाएको छ।

हाल कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। ब्याजदर घट्दै गएको र मुद्दती निक्षेपमा समेत आकर्षण घटेको अवस्थामा बैंकहरूले निक्षेप वृद्धिमा खासै रुचि नदेखाएको बताइएको छ। तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारमा हस्तक्षेप गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसपटकको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी रकम बाँडफाँट गरिनेछ।

बोलकबोल प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ र संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोड रुपैयाँका गुणकमा रहने व्यवस्था गरिएको छ।

प्रतिकृया