• २० असार २०८३, शनिबार
  • ८:४५ बिहान

कालिन्चोक हाइड्रोपावरको आइपिओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ चैत्र २२ गते, आईतवार १२:१९

२२ चैत,२०८२ काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरी कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको हो। कुल निष्कासित शेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

Kamana Sewa

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन चैत २५ गतेसम्म खुला रहनेछ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन सीडीएस एण्ड क्लियरिङ लिमिटेड को मेरो शेयर प्रणाली तथा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।

Classic Tech Desktop

सन् २०१६ मा स्थापना भई २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कालिन्चोक हाइड्रोपावरले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साङ्गु (सोरुण) खोला जलविद्युत आयोजना विकास गरिरहेको छ। आयोजना बूट (निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण) मोडेलमा कार्यान्वयन भइरहेको कम्पनीले जनाएको छ।

प्रतिकृया