• १६ असोज २०८३, शुक्रबार
  • ७ः४१ बिहान

निर्वाचनबाट ६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ, अरु पुरनै

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०२:१३

२७ फाल्गुन,२०८२ काठमाडौं-  २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। यसमध्ये पाँच दल पुरानै र एउटा दल नयाँ हो।

National Life

नयाँ दलका रूपमा श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाएको छ। हर्क साम्पाङ नेतृत्वको यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ।

पुरानै दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलका रूपमा दर्ता भइसकेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया