• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

नागरिकता विवरण किर्तेको आरोपमा बालेन्द्र शाह विरुद्ध उजुरी दर्ता

प्रकाशित मिति

२०८२ फाल्गुन ६ गते, बुधबार १०:४६

६ फाल्गुन, २०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह विरुद्ध सरकारी कागजात किर्ते गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको छ। नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी परेको बताइएको छ।

National Life

उजुरीकर्ताले वास्तविक थर र पहिचान लुकाइएको भन्दै नागरिकता कागजातमा परिवर्तन गरिएको आरोप उल्लेख गरेका छन्। जाहेरीमा पुर्ख्यौली थर ‘साह’ रहेको अवस्थामा पछि ‘शाह’ कायम गरिएको दाबी गरिएको छ। बुबा र दाजुको नागरिकता तथा बसाइँसराइ सम्बन्धी कागजात र पछिल्लो नागरिकतामा थर फरक देखिएको उल्लेख गरिएको छ।

प्राप्त कागजातअनुसार महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकता र २०७९ सालमा काठमाडौँबाट लिएको प्रतिलिपिबीच विवरण फरक परेको दाबी उजुरीमा समावेश छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस विषयमा सम्बन्धित निकायको औपचारिक धारणा आउन बाँकी रहेको छ भने आरोपबारे पुष्टि हुन बाँकी छ।

प्रतिकृया