भुजुङ्ग हाइड्रोपावरको आइपिओ बाँडफाँड हुँदै
प्रकाशित मिति
२०८२ माघ २७ गते, मंगलवार ०९:३३
२७ माघ,२०८२ काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार आइपिओ आज बिहान ९ बजे बाँडफाँड गरिनेछ।
माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आइपिओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका थिए। कुल आवेदन संख्या अत्यधिक भएकाले गोलाप्रथाबाट ८३ हजार जनाले मात्र १०–१० कित्ता शेयर प्राप्त गर्नेछन्। यसअनुसार २५ लाख ८२ हजार १७४ जना आवेदकको हात खाली हुने भएको छ।
कम्पनीले १ अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याएर बिक्री गरिसकेको छ।
दोस्रो चरणअन्तर्गत कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सुरक्षित राखी बाँकी ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो। आइपिओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ।






प्रतिकृया