• ३ असोज २०८३, शनिबार
  • ३ः०८ दिउँसो

माइतिमा भएकि श्रीमतीको हत्यागरि आफैंलाई पनि सिध्याए

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०९:२८

२० माघ,२०८२ काठमाडौं –  मोरङको रंगेली नगरपालिका–५ मा मंगलबार बिहान एक युवकले श्रीमतीको हत्या गरेपछि आत्मघाती प्रयासका क्रममा आफैंको पनि मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा उक्त घटना भएको हो।

National Life

मोरङ प्रहरीका डीएसपीका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर पुगेका थिए। त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीको हत्या गरेलगत्तै मुकेशले सोही चक्कु प्रयोग गरी आफ्नै घाँटीमा प्रहार गरेका थिए, जसका कारण उनको पनि घटनास्थलमै मृत्यु भएको हो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया