• ३ असोज २०८३, शनिबार
  • ५ः०९ बेलुका

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०९:४१

कात्तिक ९, २०८२ काठमाडौं— आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आज दिनभर निराहार बसेका ब्रतालुहरूले साँझपख चामल, दूध र सक्खर मिसाएर पकाइएको खीर प्रसादका रूपमा ग्रहण गर्दै खरना पर्व मनाउँछन्। यो प्रसाद घरका सबै सदस्यले ग्रहण गर्ने र छठ नहुने घरमा वितरण गर्ने परम्परा रहँदै आएको छ।

National Life

चार दिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो। सो दिन ब्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गर्दै आगामी उपवासको तयारी गर्छन्। भोलि सोमबार छठ पर्वको तेस्रो र मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ।

छठमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार, हाँडी लगायतका सामग्री प्रयोग गरिन्छ। प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, मिठाई र फलफूल चढाइने परम्परा छ। अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने चलन रहेको छ। अत्यन्तै नियम, निष्ठा र पवित्रताका साथ सम्पूर्ण विधि सम्पन्न गरिनु पर्ने भएकाले छठ पर्वलाई निष्ठा र अनुशासनको प्रतीकका रूपमा पनि मानिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया