• ३ असोज २०८३, शनिबार
  • ७ः५० बेलुका

२० वाणिज्य बैंकमध्ये ७ ले मात्रै लाभांश घोषणा, बाँकी १३ प्रतीक्षामा

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार १०:०९

कात्तिक ९, २०८२ काठमाडौं— चालू आर्थिक वर्ष २०८१/८२ को नाफाबाट अहिलेसम्म ७ वटा वाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये बाँकी १३ बैंकले अझै लाभांश घोषणा गर्न बाँकी रहेका छन्।

National Life

लाभांश घोषणा गर्ने बैंकहरूमा ग्लोबल आइएमई, एभरेष्ट, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकहरूले बोनस तथा नगद दुबै किसिमका लाभांश प्रस्ताव वा पारित गरेका छन्।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको साधारणसभा सम्पन्न गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सानिमा बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश दिएको छ । कात्तिक २ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको छ । सभा बोलाएको बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

बैंकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंक

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनश सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बैंकले कात्तिक १२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंक

बैंकले गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत करसकित नगद लाभांश दिने जनाएको छ ।

बैंकले सभा प्रयोजनका लागि कात्तिक ३० गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेका लाभांश पाउनेछन् ।

नेपाल राष्ट्र बैंकका नियमअनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी तोकिएको समयभित्र साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ। हाल बाँकी बैंकहरूले भने आन्तरिक लेखापरीक्षण र नियामकीय स्वीकृति प्रक्रियामा रहेकाले घोषणामा ढिलाइ भएको जनाएको छ।

प्रतिकृया