• ३ असोज २०८३, शनिबार
  • ८ः२५ राती

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०५:४४

असोज २६, २०८२ काठमाडौं– विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

National Life

महरा संलग्न रहेको ९ किलो सुन तस्करी प्रकरणमा केही दिनअघि मात्रै उनको बयान लिइएको थियो। सोही अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो।

यसअघि सोही प्रकरणमा उनका छोरा राहुल महरासहित केही व्यक्ति कारागार चलान भइसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया