• ३ असोज २०८३, शनिबार
  • ४ः२८ बेलुका

एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेना सर्वोत्कृष्ट, स्वर्ण पदक प्राप्त

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०५:५०

असोज २६, २०८२ काठमाडौं– बेलायतको वेल्स ब्रेकनमा सम्पन्न अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेना सर्वोत्कृष्ट टोली घोषित भएको छ। नेपाली सेनाले उच्च प्रदर्शनका साथ स्वर्ण पदक जित्न सफल भएको हो।

National Life

२३ असोजदेखि २५ असोजसम्म सञ्चालन भएको उक्त अभ्यासमा बेलायतसहित ३३ देशका ११७ टोली सहभागी थिए। नेपाली सेनाले उत्कृष्ट अंकसहित प्रतिस्पर्धा जित्दै पुनः अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रमाणित गरेको हो।

यो अभ्यासमा सहभागी टोलीले हतियार, करिब ५० पाउन्ड बराबरको उपकरण तथा बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्छ। अभ्यासमा सैनिक रणनीति, खबर संकलन, घाइतेको व्यवस्थापन लगायतका विभिन्न कार्यदक्षताको मूल्यांकन गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको छ। सन् २०१४ देखि नेपाली सेनाले नियमितरूपमा यो प्रतियोगितामा भाग लिँदै आएको हो।

प्रतिकृया