• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

दुई महिनामा वीरगञ्ज भन्सारबाट ३९ अर्ब बढी राजस्व सङ्कलन

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०९:३१

असोज २, २०८२ काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।भन्सार विभागले तोकेको लक्ष्यअनुसार सो अवधिमा कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना थियो। तर, कार्यालयले लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।भन्सार विभागले तोकेको लक्ष्यअनुसार सो अवधिमा कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना थियो। तर, कार्यालयले लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।

Kamana Sewa

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भदौ महिनामा प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि राजस्व सङ्कलन उत्साहजनक रह्यो। “साउन महिनामा १८ अर्ब ४४ करोड सङ्कलन भएको थियो,” उनले भने, “जेनजी समूहको आन्दोलनका कारण भदौमा एक दिन राजस्व सङ्कलन पूर्णरूपमा रोकिए पनि मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व उठाउन सफल भयौं।”

Classic Tech Desktop

भदौ महिनामा मात्र २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड, भदौ १७ गते एक अर्ब ९२ करोड, भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते एक अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

तर, आन्दोलनका कारण भदौ २४ गते मात्र तीन करोड र भदौ २५ गते शून्य राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। त्यस्तै भदौ ২৬ गते छ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रतिकृया