• १६ असोज २०८३, शुक्रबार
  • ८ः५६ बिहान

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको नाराबाजी

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०९:२६

भदौ ३०,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै युवाहरू मध्यराति बालुवाटार पुगेका थिए। नाराबाजीका क्रममा आन्दोलनकारीहरूले “प्रधानमन्त्री राजीनामा दे”, “मुर्दामाथि राजनीति नगर” जस्ता नारा लगाएका थिए। उनीहरूसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारका सदस्य पनि सहभागी थिए।

National Life

बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेटमा पुगेका सुदन गुरुङले जनतालाई नै सबैभन्दा शक्तिशाली शक्ति भन्दै चेतावनीस्वरूप भने, “सबसे पावरफुल नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु।”

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी प्रधानमन्त्री कार्कीलाई सुदन समूहकै प्रस्तावमा नियुक्त गरिएको थियो। शपथ ग्रहणपछि सुदनले सार्वजनिक रूपमा उनको खुट्टा ढोगेका थिए। तर आइतबार कार्कीले तीन मन्त्री नियुक्त गरेपछि सुदन पक्ष असन्तुष्ट बनेको छ। प्रधानमन्त्रीले अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङलाई जिम्मेवारी दिएकी छिन्। अर्याललाई कानुन मन्त्रालय र घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयसमेत दिने तयारी भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तर सुदन गुरुङले विशेषगरी गृहमन्त्री बनेका ओमप्रकाश अर्याललाई लक्षित गर्दै आक्रोश पोखेका छन्। “यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,” उनले आक्रोश व्यक्त गरेका छन्।

सुदन समूहका समर्थकहरूले आफूहरूको आन्दोलन हाइज्याक भएको आरोपसमेत लगाएका छन्। राति भएको नाराबाजीपछि बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिकृया