• १६ असोज २०८३, शुक्रबार
  • ८ः३१ बिहान

जेनजी आन्दोलनमा जलेर खानेपानी मन्त्रालयको१४ गाडी नष्ट, क्षतिको विवरण सङ्कलन सुरु

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०९:३४

भदौ ३०,२०८२ काठमाडौं – खानेपानी मन्त्रालय र मातहतका निकायमा गत मङ्गलबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ। मन्त्रालयका सहसचिव रामबाबु पुरीका अनुसार प्रारम्भिक विवरणमा १४ वटा चारपाङ्ग्रे गाडी जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने ६ वटा गाडीमा तोडफोड भएको छ। उनले भने, “आन्दोलनका क्रममा क्षति गरिएका मोटरसाइकलको विवरण आउन बाँकी छ।”

National Life

यसैबीच, मन्त्रालयले देशभरिका मातहत कार्यालयहरूलाई पत्राचार गर्दै आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। सहसचिव पुरीका अनुसार भौतिक संरचना, गाडी तथा अन्य उपकरणमा भएको क्षतिको विस्तृत विवरण संकलनको तयारी भइरहेको छ।

आन्दोलनकै क्रममा सिंहदरबारका अधिकांश भवनमा आगजनी भए पनि खानेपानी मन्त्रालय भने जोगिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया