• १६ असोज २०८३, शुक्रबार
  • ११ः१७ बिहान

जेनजी आन्दोलन विषयको पत्रकार सम्मेलनमा कुटाकुट

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०५:५६

भदौ २९,२०८२ काठमाडौं – जेनजी आन्दोलनसम्बन्धी विषयमा आइतबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुटाकुट भएको छ। ‘हामी नेपाल’ नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा संस्थाका सुदन गुरुङ धारणा राखिरहँदा विवाद सुरु भएको हो।

National Life

पत्रकार सम्मेलनमा सहभागी केही युवाले सञ्चारकर्मीहरूसँग वाकयुद्ध गर्दै हातपात गर्न खोजेपछि झडपको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यहाँ उपस्थित युवाहरूबीच पनि आपसमा विवाद चर्किएको थियो।

केही युवाले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशंका गरेका थिए। यिनै कारणले वातावरण तनावग्रस्त बनेपछि कार्यक्रम अव्यवस्थित बनेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया