लगातार राताम्य बनेको शेयर बजार, लगानीकर्ताको विश्वासमा आघात
प्रकाशित मिति
२०८२ भाद्र १७ गते, मंगलवार ०३:२५
भदौ १७,२०८२ काठमाडौं – नेपालको शेयर बजार पछिल्ला दिनहरूमा लगातार राताम्य बन्दै गएको छ, जसका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ। बजार ३००० बिन्दु नजिक पुगेको बेला ठूला लगानीकर्ताले ३२०० बिन्दु पुग्ने आशामा ठूलो मात्रामा खरिद गरे पनि अहिले उनीहरूको लगानी लगभग निष्फल बनेको छ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेर २७४४.०९ बिन्दुमा झरेको छ। सोही दिन ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यसदिन १३ वटै उपसूचक राताम्य बनेका छन्। वाणिज्य बैंक समूह ०.४० प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, फाइनान्स ०.८१ प्रतिशत र होटल तथा पर्यटन समूह ०.७६ प्रतिशतले घटेका छन्। कारोबारमा संलग्न कम्पनीमध्ये २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ।






प्रतिकृया