कांग्रेसभित्रको गुटको अन्त्य गर्न सभापतिमा उम्मेद्वारी दिन्छु: शशांक कोइराला
प्रकाशित मिति
२०८२ भाद्र ७ गते, शनिबार ११:४२
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले कांग्रेसभित्रको गुटको अन्त्यका लागि पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिन लागेको बताए। ‘कांग्रेसलाई एकढिक्का बनाउन म सभापति पदमा उम्मेद्वारी दिन्छु,’ कोइरालाले भने।
महामन्त्री कोइरालाले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्नेमा जोड दिए । महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध पौडेल पक्ष एक भएर लड्ने बताइरहँदा नेताहरुले धमाधम सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्दा पौडेल पक्ष सकसमा छ ।

यसअघि नै प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेद्वारी दिने घोषडा गरिसकेका छन् । यही पक्षबाट नेता रामचन्द्र पौडेल, शेखर कोइरालाादेखि सुजता कोइरालासम्मले सभापतिमा आकांक्षा देखाइरहेका छन् ।





प्रतिकृया