• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपाल आउँदै

प्रकाशित मिति

२०८२ भाद्र ७ गते, शनिबार ११:३५

काठमाडौं – भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । भियतनामका तर्फबाट हुने यो नै पहिलो उच्चस्तरीय भ्रमण पनि हो।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव रसमकक्षी सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

Kamana Sewa

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

Classic Tech Desktop

प्रतिकृया