• ३ असोज २०८३, शनिबार
  • १ः१९ दिउँसो

जसपा–राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता : हस्ताक्षरमा के–के समेटिए? (पूर्णपाठ)

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०५:०८

श्रावण २९,२०८२ काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त रूपमा एकता घोषणा गरेका हुन्।

National Life

दुवै अध्यक्षले कार्यगत एकताको घोषणापत्रमा हस्ताक्षर गर्दै यसलाई ‘एकता उन्मुख’ कदम भएको बताएका छन्। घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य, प्रतिबद्धता र आचारसंहितासहितका विषय समेटिएका छन्।

निर्णय अनुसार, केन्द्रीय तहमा संयोजन समिति रहनेछ, जसमा दुवै पार्टीका अध्यक्षसहित ७/७ जना सदस्य रहनेछन्। समितिमा कम्तिमा दुई महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ। प्रादेशिक तहमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्यीय संयोजन समिति बन्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया