दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ता शेयर
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार ११:२४
श्रावण २९,२०८२ काठमाडौं —दरमखोला हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहीबार गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट सम्पन्न भएको हो।
बाँडफाँट अनुसार, २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये भाग्यमानी पाँच जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्।
कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन्।
दरमखोला हाइड्रोपावरले साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको थियो।
आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।








प्रतिकृया