• १५ असोज २०८३, बिहीबार
  • ५ः३५ बेलुका

माधव नेपाल र झलनाथ खनालबीच सार्वजनिक आक्षेप नलगाउने सहमति

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०९:२१

श्रावण २७,२०८२ काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक रूपमा आक्षेप नलगाउने भद्र सहमति भएको छ।

National Life

केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार भएको करिब अढाइ घण्टे छलफलमा वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालको उपस्थितिमा दुई नेताबीच सहमति भएको हो।

वरिष्ठ नेता भुसालका अनुसार, पार्टीका नेताले विधान र आचारसंहिताभित्र रहेर बोल्नुपर्ने विषयमा छलफल भएको र सार्वजनिक आरोप–प्रत्यारोप रोक्ने सहमति भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्ला दिनमा पूर्वप्रधानमन्त्री नेपाल र खनालबीच कडा सार्वजनिक टिप्पणी हुँदै आएको थियो। नेता खनालले चार वर्षसम्म ‘विद्रोह’ पुष्टि नभएको भन्दै अन्तर्वार्ता दिएपछि नेपालले उनलाई पार्टीबाट बिदा हुन सुझाव दिएका थिए। त्यसपछि खनालले माधव नेपाललाई ‘जसको बाटो एमाले नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए।

अध्यक्ष नेपालले बैठकमा खनाललाई अन्तर्वार्ता दिनुभन्दा बैठकमै विषय उठाउन आग्रह गरेका थिए। बैठक स्रोतका अनुसार, खनालले पनि अबका दिनमा सार्वजनिक रूपमा आक्षेप नलगाउने सहमति जनाएका छन्।

खनालले यसअघि पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा लागेकाले अध्यक्ष पद छोड्नुपर्ने प्रस्ताव राखेका थिए, जसप्रति नेपाल असन्तुष्ट छन्। यो विषय आगामी ३० साउनमा बस्ने सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

प्रतिकृया