• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

राप्ती हाइड्रोको बाँकी हकप्रद सेयर लिलामीमार्फत बिक्री हुने

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०९:५९

श्रावण ५  ,२०८२ काठमाडौं ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले बिक्री हुन बाँकी ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कम्पनीले असार १ गतेदेखि १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। तर, सो मध्ये बाँकी रहेका सेयर अब लिलामीमा राखिँदै छन्।

National Life

लिलामीमा सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र साउन ८ गतेपछि लकइन अवधि समाप्त हुने सेयर समूहतर्फ १ लाख ४० हजार १०१ कित्ता सेयर समेटिएका छन्। इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सक्नेछन्।

बोलपत्र फारमहरू मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरू — ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अवधि साउन १३ गतेदेखि साउन २० गतेसम्म हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया