• २१ असोज २०८३, बुधबार
  • ४ः३८ बिहान

घट्यो पेट्रोल र डिजलको मूल्य

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०९:०८

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलरमट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

National Life

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया