• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

आज दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २१७ कम्पनीको शेयरमा नाफा

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०३:३०

असार १७, २०८२ काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से २८.९१ अंकले बढेर २,६६०.३९ विन्दुमा पुगेर बन्द भएको हो।

National Life

बजारमा हरियालीसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। कूल १ करोड ५७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज २१७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ वटा कम्पनीको घटेको छ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज सर्किट लेभलसम्म उक्लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड को भएको छ। कम्पनीको मात्रै ४६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

प्रतिकृया