• २१ जेठ २०८३, बिहीबार
  • ११:५१ बेलुका

आज तोलाको १ हजार ३ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार १०:४१

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया