• १८ भदौ २०८३, बिहीबार
  • १ः१० दिउँसो

रवि लामिछानेविरुद्ध सरकारले संगठित अपराध गरेको रास्वपाको ठहर

प्रकाशित मिति

२०८२ जेष्ठ १२ गते, सोमबार ०५:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध सरकारले संगठित अपराध गरेको रास्वपाको ठहर छ। रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको पार्टीले निष्कर्ष निकालेको हो ।

सर्वोच्च अदालतको आदेश अपूर्ण र अन्यायपूर्ण भएको पनि बताएको छ। पार्टी केन्द्रीय समिति बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै अदालतको आदेश कानुनी पालना गर्न बाध्य भए पनि अन्यायपूर्ण भएको बताएका हुन्।

Kamana Sewa

सरकारले सहकारीका मुद्दाहरूमा अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आवद्धताका आधारमा विभेद गरिरहेको पनि रास्वपाको निष्कर्ष छ।

Classic Tech Desktop

सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोधु को रुपमा चित्रित गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया