• १८ भदौ २०८३, बिहीबार
  • २ः०२ दिउँसो

विद्युत् विधेयक अपरिहार्य भएको ऊर्जा मन्त्री खड्काको भनाइ

प्रकाशित मिति

२०८२ जेष्ठ १२ गते, सोमबार ०५:४०

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य हासिल गर्न विद्युत् विधेयक अत्यावश्यक भएको बताएका छन्। मन्त्रालयका उच्च अधिकारी, पूर्वसचिव, नियामक निकाय तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसहितको छलफल कार्यक्रममा मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र यो लक्ष्य पुरा गर्न विद्युत् विधेयक अपरिहार्य रहेको स्पष्ट पारे।

उनका अनुसार विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तय गर्दै निजी तथा वैदेशिक लगानी आकर्षित गर्नेछ। उनले यस विधेयकलाई ऊर्जा सुरक्षाको प्रत्याभूति दिलाउने र दीर्घकालीन स्थायित्व दिने कानुनी ढाँचा भएको बताए।

Kamana Sewa

सरकारले चाँडै संसद्मा विधेयक प्रस्तुत गर्दै पारित गर्ने तयारी गरिरहेको छ। ऊर्जा विज्ञ र सरोकारवालाले पनि विधेयकले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन्। मन्त्री खड्काले यसलाई “समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला” भनेका छन्।

Classic Tech Desktop

प्रतिकृया