• १८ भदौ २०८३, बिहीबार
  • १ः१० दिउँसो

प्रधानमन्त्री ओलीलाई मानव अधिकार आयोगको आग्रह: उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु (विज्ञप्तिसहित)

प्रकाशित मिति

२०८२ जेष्ठ १२ गते, सोमबार ०४:२०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन। यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’ भनेको छ ।

विज्ञप्तिमा आयोगले ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्‌नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने बताएको छ ।सोमबार विज्ञप्ति जारी गर्दै आयोगले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्नेलगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया