• १८ भदौ २०८३, बिहीबार
  • १ः१० दिउँसो

बी एण्ड बी हस्पिटल र महालक्ष्मी नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यको सम्झौता

प्रकाशित मिति

२०८२ जेष्ठ १२ गते, सोमबार ०२:४८

ललितपुर । बी एण्ड बी हस्पिटल प्रा.लि.र महालक्ष्मी नगरपालिका, ललितपुरबीच स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेवा सहकार्यको सम्झौता (एमओयू) भएको छ। बी एण्ड बी हस्पिटलले नगरका स्थायी बसोबासी नागरिकलाई झण्झटमुक्त सेवा प्रदान गर्ने, न्यूनतम शुल्कमा समान सहुलियत प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार, महालक्ष्मी नगरपालिकाका बासिन्दाहरूले बी एण्ड बी हस्पिटलमा उपचार गर्दा आन्तरिक तथा बाह्य सेवा शुल्कमा २०% र फार्मेसी औषधिमा १५% सम्म छुट पाउनेछन्। यो सुविधा एकपटकको सेवामा अधिकतम १५ लाख रुपैयाँसम्मको बिलमा लागू हुनेछ।

Kamana Sewa

छुट सुविधा प्याकेज सेवा र बाह्य स्रोतबाट गरिने परीक्षणहरूमा लागू नहुने उल्लेख छ। सेवा प्राप्त गर्न नगरबासीले नेपाली नागरिकता प्रमाणपत्र वा बसाइ सराई दर्ताको प्रमाणपत्र देखाउनुपर्नेछ।

Classic Tech Desktop

समझदारी पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख हरिगोविन्द श्रेष्ठ तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक जगदीश लाल वैद्यले हस्ताक्षर गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल तथा अस्पतालका मेडिकल डाइरेक्टर अशोक कुमार बास्कोटाको उपस्थितिमा भएको सम्झौता सोमबारदेखि नै लागू भएको छ ।

सम्झौतामा उल्लंघन भएमा ३० दिनको सूचना अवधिमा सम्झौता रद्द गर्न सकिने प्रावधान समेत राखिएको छ। सम्झौता २४ महिनाको लागि लागू हुनेछ र आवश्यक परेमा परिमार्जन गर्न सकिनेछ।

प्रतिकृया